प्रचण्ड-माधव नेतृत्वको नेकपाले सातै प्रदेशमा सन्देश सभा गर्ने


काठमाडौं, ३० कात्तिक । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न १० भन्दा बढी कम्युनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।

आज (आइतबार) पेरिसडाँडामा बसेको पूर्व पदाधिकारीहरुको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो । नेता राजेन्द्रप्रसाद पाण्डेले बताएअनुसार सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय भएको छ । तर, कुन प्रदेशमा कहिले गर्ने भन्ने निर्णय हुन भने बाँकी रहेको छ ।

सोमबार बेलुकासम्ममा कहाँ र अहिले सन्देश सभा गर्ने भनेर निर्णय लिइने पनि नेता पाण्डेले बताए ।