काठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । पूर्व सचिव कार्कीलाई आज साँझ पक्राउ गरिएको हो ।
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा सम्झौतामा बदनियत राखी हानी नोक्सानी हुनेगरी काम गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बाइएको छ । सीआईबीले यसअघि नेपाल ट्रस्टका तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि पक्राउ गरेको थियो ।




प्रतिक्रिया