काठमाडौं, २ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर दुर्गा प्रसाईँको गिरफ्तारीबारे जानकारी लिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंलाई हिजो मध्यरातमा गिरफ्तार गरिएको थियो ।
प्रसाईँले आगामी मंसिर ७ गतेदेखि देश नै ठप्प पार्नेगरी आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोपमा उनलाई हिजो राति ठिमीस्थित निवासबाटै पक्राउ गरिएको हो । अहिले उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
प्रसाईँलाई मध्यरातमा पक्राउ गरिएको, प्रहरीले कानुन व्यवसायी भेटघाट र राय लिन नदिएको लगायतको विषयहरु मिडियामा आइरहेका थिए । सोही विषयलाई लिएर प्रसाईँको गिरफ्तारीबारे बुझ्न र अनुगमन गर्न आयोगको टोली भद्रकाली आइपुगेको हो ।




प्रतिक्रिया