काठमाडौं, २ मंसिर । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँलाई चार दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । हिजो (सोमबार) मध्यराति पक्राउ परेका प्रसाईँलाई आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो ।
म्याद थप भएसँग प्रसाईँ अब कम्तिमा पनि चार दिन प्रहरीको हिरासतमा रहने छन् । आगामी मंसिर ७ गतेदेखि देशभर आन्दोलन चर्काउने चेतावनी दिइरहेका प्रसाईँलाई शान्तिविरुद्धको कसुरमा हिजो राति ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो ।
प्रसाईँको गिरफ्तारीलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको छ । आयोगको टोली प्रहरी परिसर काठमाडौं भद्रकाली पुगेर प्रसाईँको गिरफ्तारीबारे जानकारी लिएको छ । प्रसाईँलाई कानून व्यवसायीसँग परामर्श लिन नदिइएको, अमानवीय तरिकाले गिरफ्तारी गरिएको भन्ने विषयमा आलोचना भइरहेको छ ।
।




प्रतिक्रिया