एमालेको विघटित संसदीय दलको बैठक च्यासलमा


काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को विघटित संसदीय दलको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकले संसद् पुनर्स्थापना वा निर्वाचन भन्ने कुरामा ठोस धारणा बनाउने बताइएको छ ।

एमाले नेता एवं विघटित प्रतिनिधिसभामा एमालेबाट प्रमुख सचेतकसमेत रहेका महेश बर्तौलाले संसद् विघटनलाई एमालेले असंवैधानिक ठहर गरिसकेको र पुनर्स्थापनाको बारेमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सांसदहरुलाई जानकारी गराउने बताए ।