मधेशका मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी


काठमाडौं, २ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदहरुले मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलका इजलासले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न पनि भनिएको छ ।