काठमाडौं, ३ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१५ ,रतनपुर निवासी ९२ वर्षीय ढुण्डीराज बुढाथोकीले पाँच लाख बराबरको ‘ढुण्डीराज यदादेवी बुढाथोकी बन्धु कल्याण कोष’ स्थापना गरेका छन् । ढुण्डीराज यदादेवी बुढाथोकी बन्धु कल्याण कोष स्थापना गरी उनले पाँच लाख रुपैयाँ खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको उपाध्यक्ष डम्बर बुढाथोकीले बताए ।
उक्त कल्याण कोषबाट नेपालभित्र बसोवास गरिरहेका कौशिक गोत्रीय बुढा, बुढाक्षेत्री र बिसी कुलवंश परिवारभित्रका अशक्त, असहाय, जेष्ठ नागरिक अभिभावकहरुलाई सम्मान गर्ने, आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा अध्ययन गर्न अप्ठ्यारोमा परेका जेहनदार विद्यार्थीलाई पुरस्कृत गर्ने लक्ष्य रहेको बताइएको छ । केबिएस कौशिक गोत्रीय खप्तडी बुढाथोकी क्षेत्रीको जातीय संगठन हो ।




प्रतिक्रिया