काठमाडौं, ४ मंसिर । सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा HISSAN TARAKESHOR BOYS AND GIRlS FUTSAL TOURNAMENT- 2082 हुने भएको छ । उक्त टुर्नामेन्ट यही मंसिर ५ र ६ गते हुन लागेकाे हाे ।
हिसान तारकेश्वरको आयोजना र सेक्रेड हार्ट माध्यमिक बिद्यालयको संयोजनमा हुने यस टुर्नामेन्टको सभापतित्व तारकेश्वर हिसानका अध्यक्ष लिलबहादुर पुनले गर्नेछन् । कार्यक्रमको सम्पुर्ण रूपरेखा तारकेश्वर हिसानका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रायमाझी तथा संयोजक विद्यालय सेक्रेड हार्ट माध्यमिक बिद्यालयका प्रीन्सिपल बद्रीनाथ भट्टले तयार गर्नेछन् ।
तारकेस्वर नगरपालिकाभित्र कक्षा ११ र १२ संचालित हिसान आबद्ध बिद्यालयहरुकाबीच स्वस्थ प्रतिस्पर्धात्मक रूपमा रहनेगरी छात्रतर्फ ८ ओटा र छात्रातर्फ ७ ओटा टिम सहभागी हुनेगरी व्यवस्थित रूपले संचालन गरिने बताइएकाे छ ।
टुर्नामेन्टमा रेफ्रीको भुमिकामा एन्फाका रेफ्री ज्ञानेन्द्र आलेको समुह रहनेछन । कार्यक्रमको उद्घाटन केन्द्रीय हिसानका सह कोषाध्यक्षले मंसिर ५ गते बिहान ९ बजे सेक्रेड हार्ट माध्यमिक विद्यालयको फुटसल मैदानमा गर्नेछन् ।
पुरस्कार वितरण कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख समन्तमणि आचार्यद्वारा मंसिर ६ गते दिउँसो २:०० हुनेछ ।
आयोजकले बिज्ञप्तिमा जनाएअनुसार हिसानका हरेक प्रकारका खेलकुदहरू अन्तर्राष्ट्रिय अभ्यास र नितिनियमभित्र रहेर संचालन गरिने गरेको र यो टुर्नामेन्ट पनि सोहीबमोजिम हुने तथा खेलकुद सम्बन्धि नियम र जानकारीसमेत प्रतिस्पर्धामा सहभागी हुने सदस्य विद्यालयहरूलाई उपलब्ध गराइएको छ ।
बिज्ञप्तिमा भनिएको छ- ` सर्वाङ्गिण विकासको एउटा पक्ष : खेलकुद ‘ भन्ने आदर्श वाक्यलाई सम्मान गर्दै टुर्नामेन्टले मुख्यत प्रतिस्पर्धी विद्यार्थी र तिनका माध्यमबाट सदस्य विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई अनुशासित , सहयोगी तथा सर्वगुणी बनाउन सफल हुनेछ भन्नेमा हामी पूर्ण आशावादी रहेका छौं ।´
आयोजकका अनुसार टुर्नामेन्टमा विजयी टिमहरुलाई मेडल र ट्रफीका साथै प्रमाणपत्र विवरण गरिनेछ । best scorer, best player र best keeper लाईसमेत हौसलाको रूपमा ट्रफ्री प्रदान गरिने बताइएकाे छ ।




प्रतिक्रिया