काठमाडौं, ४ मंसिर । सिमरामा प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
बाराको सिमरा यतिबेला जेन–जी प्रदर्शनका कारण अशान्त रहेको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पोलिटव्यूरो सदस्य महेश बस्नेत पार्टीको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै आउने जानकारी पाएपछि जेन–जी समूहहरुले विरोध प्रदर्शन गरेका थिए ।
जेन–जीको विरोधका कारण हिजो सिमरामा हुने सबै उडान रद्द गरिएको थियो । विभिन्न माग राख्दै सिमरामा जेन–जीहरु आज पनि प्रदर्शनमा छन् । परिस्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेशलाई चुनौति दिँदै जेन–जीहरुले भने आफ्नो प्रदर्शन जारी राखेका छन् ।




प्रतिक्रिया