काठमाडौँ, ४ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको टोलीले आज सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् ।
अवलोकनपछि प्रतिक्रिया दिँदै सभामुख घिमिरेले संसद् भवन निर्माणको गति सन्तोषजनक नभए पनि काममा भने केही प्रगति भएको बताए । निर्माण कम्पनीले आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने भने पनि उक्त समय पर्याप्त नभए पनि चाँडै संसद् भवन निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष दाहालले अघिल्लो अवस्थाका तुलनामा अहिले निर्माण कार्यमा प्रगति भएको पाइएको बताए । अवलोकन टोलीमा राष्ट्रियसभाका उपाध्यक्ष, सङ्घीय संसद्का महासचिव, सचिव तथा कर्मचारीलगायत सहभागी थिए ।




प्रतिक्रिया