काठमामडौं, ५ मंसिर । नेकपा (एमाले) ले पुरानै घर फर्किएका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय गरेको छ । आज (शुक्रबार) पार्टीको युथ भोलेन्टियर फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष अोलीले तत्कालीन नेकपा (एस) छाडेर एमालेमै फर्किएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको बताएका हुन् ।
‘नेकपा (एस) बनाउन, त्यसमा बसेर काम गर्न अलमलबस जानुभएका साथीहरु फेरि फर्किएर आउनुभएको छ । तीमध्ये नेताहरुलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका छौं । यो जायज कुरा हो, यसमा विभिन्न भ्रम फिँजाउन सक्छन्, सेन्टिमेन्ट भड्काउन सक्छन् । पार्टी देशव्यापी रुपमा सुदृढ बनाउन त्यतिकै सजिलो छैन,’– अध्यक्ष अोलीले भने ।
एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने कार्यक्रम रहेको छ । उक्त महाधिवेशनलाई ऐतिहासिक महाधिवेशनको रुपमा स्थापित हुने ओलीको दाबी रहेको छ ।




प्रतिक्रिया