काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का नेता रामेश्वर फुयाँलले नेपालको राष्ट्रियतालाई बलियो बनाउन, स्वाभिमानलाई उच्च राख्न, लोकतन्त्रलाई बलियो बनाउन, संविधानको कार्यान्वयन गर्न, विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर्नका लागि आज पार्टीले काठमाडौं उपत्यकाको तीन जिल्लाको प्रदर्शन आयोजना गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उनले अहिले नेपालमा असंवैधानिक सरकार रहेको, जनताले निकै ठूलो त्याग, बलिदानबाट प्राप्त गरेको स्वतन्त्रता, लोकतन्त्रको हाइज्याक हुने अवस्था बनेको बताए ।
सुशानको लागि मुलुकको संविधान संशोधन आवश्यक पनि रहेको उनले बताए । उनले आफूहरुले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको, प्रधानमन्त्री कार्कीले आफैंले राजीनामा दिने र त्यसका लागि जनताको पक्षमा काम गर्नका लागि राजनीतिक दलहरु बलियो हुनुपर्ने उनले बताए । आफूहरुले प्रतिनिधिसभाको पुनर्स्थापना चाहेको र जेन–जीले उठाएका मागहरुको पनि सम्बोधन गर्नका लागि अन्तरिम सरकारको आवश्यकता रहेको उनले बताए । संसद् पुनर्स्थापनापछि आफूहरुको रोडम्याप जेन–जीलाई पनि सहभागी गराएर राजनीतिक दलहरुले संविधान संशोधनका लागि अगाडि बढ्ने उनले बताए ।
जनपरिचालन गराएर जनताको अभिमत के छ भन्ने कुरा पनि एमालेले जान्न चाहेको उनले बताए । राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न सक्ने सरकार अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको सन्दर्भमा मुलुक नै सहमतिको दिशामा अगाडि बढिरहेको उनले बताए । नेता फुयाँलले एमाले र कांग्रेसका सांसदहरुले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेको, अदालतमा मुद्दा परिसकेको अवस्था स्मरण गराउँदै उनले आफूहरु अब अदालतको फैसला र सडक संघर्षमा निस्किएको बताए ।




प्रतिक्रिया