एमाले नेता बस्नेतमाथि सुनसरीमा रातो रङ्ग प्रहार (भिडिओसहित)


काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा रातो रङ्ग प्रहार भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेत सवार गाडीमा रातो रङ्ग भरिएको बेलुन प्रहार भएको हो ।

नेता बस्नेतमाथि अर्पित कुवरले बेलुन प्रहार गरेको बताइएको छ । अहिले ती युवा प्रहरीको नियन्त्रणमा रहेका छन् ।