प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई गिरफ्तार गरिनुपर्छः एमाले नेता थापा


काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई गिरफ्तार गरिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी आन्दोलनको क्रममा बानेश्वरस्थिति युरोपेली युनियनको अफिसमा बसेर कार्की र अर्यालले विभिन्न अपराधिक योजना बनाएको र निर्देशन दिएको भन्दै गिरफ्तारीको माग गरेका हुन् ।

‘यहाँ युरोपेली युनियनको एउटा अफिस रहेछ । त्यहाँ बसेर नेता मार्नुपर्छ भन्दै बोल्ने मान्छे त्यो महिला चाहिँ सुशीला कार्की भन्ने महिला रहिछन् । अहिले त सार्वजनिक भयो नि त । अहिलेको गृहमन्त्री त्यही अपराधी रहेछ । सुशीला कार्कीको आवाज त्यही रहेछ । ड्राइभरर चाहिँ सिंहदरबार आगो लगाउन हिँड्ने त्यही अपराधी रहेछ । पोल त खुल्यो नि त । अब त यिनीहरुलाई गिरफ्तार गर्नुपर्छ । जनताले घिसार्छन्, जनताले अब । अब युरोपेली युनियनको बानेश्वरको अफिसमा बसेर यो साहुरा कुराको अपराधिक क्रियाकलापमा संलग्न यी तीन जना मान्छे आज सुरक्षित होलान्,’– उनले भने ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल सधैं कुर्सीमा नबस्ने र उनीहरु सिंहदरबार जलाउने अपराधी रहेकाले एक दिन जनताले कारबाही गर्ने नेता थापाले बताए । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्यालयलगायतका मानिसहरु परिचालित हुन् भन्ने कुरा पुष्टि भएको उनको दाबी छ । उनीहरु आगजनी, लुटपाट र सत्तपातको लिस्नोमा चढेर सत्तामा पुगेको नेता थापाको टिप्पणी छ । उनीहरुलाई जनताले जवाफदेही बनाएरै छाड्ने नेता थापाले विश्वास व्यक्त गरे ।

नेता बस्नेतले दुई महिना अगाडि रणचण्डीजस्ती रहेकी प्रधानमन्त्री कार्की अहिलेको हालत अहिले मुसाको जस्तो भएको टिप्पणी गरे । पाँच दिनभित्र भ्रष्टाचार स्वाहा पार्र्छु भन्ने प्रधानमन्त्री कार्की अहिले आफैं स्वाहा भएको नेता थापाले बताए । ‘दुई महिना अगाडिको सुशीला रणचण्डीजस्तो, अहिले हालत हेर्नुस् त मुसाजस्ती भएर । कोही छैन कठै भन्ने । छोराबुहारी अमेरिका । विचरा दुर्गा दाईले कति गर्नु ? सुशीला कार्कीलाई राजनीतिक रुपमा कठै भन्ने कोही छ नेपालमा । उहाँ २४ गते महाकालीजस्ती, कालो जिब्रो भएकी जस्तो देखेको थिएँ मैले । ५ दिनभित्र भ्रष्टाचार स्वाहा पार्छु भन्थिन् । अहिले त आफैं स्वाहा भएर चिलिम । केही छ सुशीला कार्कीको अहिले केही छैन,’– उनले भने ।