काठमाडौं, ७ मंसिर । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेको हो । प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको रिट निवेदकको दाबी थियो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उक्त बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी आन्दोलनको घोषणा गरेका प्रसाईँलाई प्रहरीले राति १२ बजेतिर निजको निवासबाटै पक्राउ गरेको थियो ।




प्रतिक्रिया