केएमसीलाई प्रधानमन्त्री कार्कीद्वारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान


काठमाडौं, ११ मंसिर । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौं मेडिकल कलेज, सिनामंगललाई ‘सम्मान–पत्र’ प्रदान गरेको छ।

आ.व.२०७९÷८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा काठमाडौं मेडिकल कलेज चयन भएको हो।

प्रधानमन्त्री सुशिला कार्की, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सञ्चालक समिति अध्यक्ष डा.कृष्णहरि पुष्करले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गरेका हुन्।

देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथी उक्लेर काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै सञ्चालक डा.सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै गारिब निमुखा बिरामीको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् ।

यस सम्मानले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा अभियान तथा जिम्मेवार संस्थाको भूमिकामा काठमाडौं मेडिकल कलेजको प्रतिबद्धता झनै मजवुत भएको कोषले जनाएको छ।