काठमाडौं, मंसिर १४ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ। शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आज गण्डकी प्रदेको पोखरामाकार्यक्रम गर्न लागेको हो। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
नेकपाले भोली सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ। नेकपाले मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा गर्ने तयारी रहेको छ।




प्रतिक्रिया