देउवाले बोलाए निर्णायक बैठक, फुक्ला त महाधिवेशन विवादको गाँठो ?


काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको विवादको गाँठो फुकाउनको लागि आँफै अग्रसरता लिएका छन् । उनले दिउँसोको लागि पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न बैठक डाकेका छन् । हिजोपनि देउवा दिनभरजस्तो व्यस्त थिए ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर महाधिवेशन पुस मसान्तभित्रै गर्न सहमति जनाएका सूचना प्रवाह भएका थिए । तर, अन्य नेताहरुले असहमति जनाएपछि आजको लागि बोलाईएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

बैठक भोलि दिउँसो २ बजे बस्ने भनेर सूचना प्रकाशन गरिएको छ । जेनजी आन्दोलनपछि कांग्रेसभित्र पार्टी पूनर्गठनको आवाज उठेको छ । यो आवाजको नेतृत्व महामन्त्रीद्धयले गरेका छन् । विशेष महाधिवेशन मागेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसमेत बुझाईसकेको अवस्था छ ।