काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।
पार्टीको महाधिवेशन प्रचार समितिद्वारा आज (आइतबा।) पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । एमालेको महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौंमा हुँदैछ ।




प्रतिक्रिया