काठमाडौं, १५ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्को विस्तारित बैठकले पार्टीको विभिन्न विभाग, विज्ञ परिषद्, आयोग र सल्लाहकार समितिजस्ता अन्य संरचनाहरुमा जिम्मेवारी मिलाउन कार्यदलसमेत गठन गरेको छ । उक्त कार्यदलमा सोनाम सिंह स्याङ्ताङ, ईश्वर रिजाल र रोशन पोख्रेल, अनिल शर्मा, राजकुमार शर्मा, ध्रुव प्रसाद काप्री, जयराम वाग्ले, अमित खनाल (उर्जा) रहेका छन् ।
प्रलोपाले भ्रष्टाचारविरोधी अभियान पनि देशैभरि चलाउने भएको छ । जसको नेतृत्व जिएस गुरुङले गर्ने भएका छन् । उक्त कमिटीमा जटिल कार्की, अमित खनाल, सम्झना राई, मञ्जु मिक्चान, दिपक महतो र ध्रुव प्रसाद काप्रीसहितको कार्यद लबनेको छ । जेनजी विद्रोहको म्याण्डेट यथाशिघ्र पूरा गर्न भ्रषटचारीलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
भदौ २३ र २४ गते सरकारी पक्षबाट भएको नरसंहारको छानविन गर्न गठित आयोगलाई तिव्र गतिमा काम अघि बढाई दोषीलाई कारबाही गर्न सिफारिश गरियोस भनेरपनि माग गरेको छ ।





प्रतिक्रिया