मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतको परमादेश


काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई परमादेश दिएको छ । सर्वोच्चले विश्वासको मत प्राप्त नगरेमा संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन पनि प्रदेश प्रमुखलाई भनेको छ ।

आज (सोमबार) न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो । मुख्यमन्त्री यादवको नियुक्ति बदर गर्न माग गर्दै मधेशका ७४ सांसदले सर्वोच्चमा रिट दिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नसक्ने आधार छैन ।