आफूखुसी उम्मेद्वारी घोषणा नगर्न रास्वपाको आग्रह


काठमाडौं, मंसिर १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूखुसी उमेदवारी घोषणा नगर्न सदस्यलाई आग्रह गरेको छ । पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले यस्तो अभिव्यक्ति दिएको भन्दै सचेत गराइएको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उमेदवार हुने, उमेदवारको आकांक्षी रहेको, उमेदवारी घोषणा गरिसकेको वा उमेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उमेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ,” पार्टीले भनेको छ ।

पार्टीबाट हाल रुपन्देही क्षेत्र नम्बर–३ का निम्ति मात्र उमेदवार औपचारिक रूपमा चयन गरिएको रास्वपाले जनाएको छ । “यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उमेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ,” उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले भनेका छन् ।

सोमबार जारी सूचनामा उमेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने उल्लेख छ ।