काठमाडौं, १६ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा कैलालीको धनगढी पुगेका गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाईएको दाबी गर्दै चुनाव तोकिएकै मितिमा हुने स्पष्ट पारे ।
उनले भने,‘यो सरकारको मुख्य जिम्मेवारी भनेको समयमै चुनाव गराउनु हो, हामीले तयारी गरिरहेका छौं, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।’ राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाएको समेत उनको दाबी थियो ।




प्रतिक्रिया