जीवनबहादुर शाहीविरुद्ध पूनरावेदनकोलागि सर्वोच्च अदालत पुग्यो अख्तियार


काठमाडौं, १६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वाइडबडी विमान खरिद गर्दा बदनियत राखी प्राइस इस्केलेशन राखी भुक्तानी दिएको भन्दै प्रतिवादीहरु जीवनबहादुर शाहीसमेतविरुद्ध पूनरावेदनको लागि सर्वोच्च अदालत गएको छ ।

अख्तियारले भनेको छ,‘प्रतिवादीहरु जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुसमेतसँग मिलेमतो गरी वाईडबडी विमान खरिद गर्दा बदनियत राखी Price Escalation भुक्तानी दिएको र MTOW 242 tons बाट MTOW 230 tons को Certification लिंदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा नगरी मूल्य नघटाई MTOW २४२ टनको पुरै मूल्य भुक्तानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।”