काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगलेआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिनुपर्ने छ । दल दर्ताको लागि प्राप्त निवेदनउपर अध्ययन गरि मंसिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले जनाएको छ ।
यस्तै, समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय आगामी पुस १३ र १४ गते तोकिएको छ । माघ ४ गते प्रारम्भीक सूची प्रकाशित गरिने छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरि माघ २० गते उम्मेदवारहरुको बन्द सूची अन्तिम प्रकाशन गरिनेछ ।




प्रतिक्रिया