काठमाडौं, मंसिर १७ । उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा घोषणा सभा गर्न लागेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहेका छन् । कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।
पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ । अहिलेसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । अन्य शक्तिसँग पनि सहकार्य र एकताबारे कुरा भइरहेको जनाइएको छ । file photo




प्रतिक्रिया