लगातार उचाइतर्फ सुनचाँदीको मूल्य, आज कति बढ्यो?


काठमाडौं, मंसिर १७ । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ। मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको मूल्यमा फेरबदल भइरहेको हो।

यो साता आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ र सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा अहिलेसम्म सुनको उच्च मूल्य गएको असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

आज बुधबार चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। हिजो मंगलबार चाँदी ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी गएको आइतबार प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ र सोमबार ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।