काठमाडौं, १७ मंसिर । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् । उनले आज सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिने भनिएको थियो ।
तर, प्रदेशसभाको बैठक बसेपनि उनी विश्वासको मत लिन गएनन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना छैन । उनले प्रदेशसभाको बैठकमा आफ्नो भनाई राखेर राजीनामा दिने तयारी गरेको बताईन्छ । बैठक अहिले दिउँसो २ बजे बस्ने तय भएको छ ।




प्रतिक्रिया