मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा दिने घोषणा


काठमाडौं, १७ मंसिर । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन् । आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिन उपस्थित् भएका मुख्यमन्त्री यादवले राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भने,‘म आजकै मितिबाट राजीनामा दिन्छु ।’ उनको नियुक्तीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो ।