काठमाडौं, मंसिर २० । हेटौँडामा सडक विस्तार अभियान सुरु भएको छ। आज बिहान ६ बजेदेखि डिभिजन सडक कार्यालयले एक्साभेटर प्रयोग गरी हेटौंडाको राप्ती रोड भित्रका संरचना हटाउन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार कार्यालय समयसम्म सर्वोच्च अदालतको आधिकारिक पत्र नआएको भन्दै संरचना हटाउने कार्य नरोकिने जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सर्वोच्चले ६ जनाको हकमा अन्तरिम आदेश दिएको प्रारम्भिक जानकारी भए पनि आदेश जिल्ला अदालतमार्फत औपचारिक रूपमा दर्ता नभएसम्म काम नरोकिने जनाएका छन् । प्रशासनका अनुसार राप्ती रोड्बाट सुरु गरिएको र १२ वटा टोली परिचालन गरी रातोमाटे, बुद्धचोक, बाइपास, राप्तीरोडदेखि उद्योग वाणिज्य संघ आसपाससम्म संरचना हटाउने कार्यहुने छ।
परियोजना अन्तर्गत महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब ९.५ किलोमिटर सडक विस्तार गर्न ५३१ वटा संरचना हटाइनेछ। केन्द्र रेखाबाट २५.२५ गजभित्र पर्ने २३४ संरचना दायाँतर्फ र २९७ संरचना बायाँतर्फ हटाउन सुरु गरिएपछि स्थानीय बासिन्दा र व्यवसायीहरू मुआब्जा र क्षतिपूर्ति माग्दै आन्दोलनमा उत्रिएका छन्। सांकेतिक तस्विर




प्रतिक्रिया