कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?


काठमाडौं, मंसिर २३ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार प्रतितोला २ लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।