प्रतिनिधिसभा सदस्य निर्वाचनः महामन्त्री थापा रोल्पाबाट उम्मेदवार सिफारिस


काठमाडौं, २३ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम रोप्पाबाट सिफारिस भएको छ ।

जिल्ला कार्यसमिति रोप्पाको आज बसेको बैठकले निर्वाचनको उम्मेदवारका लागि महामन्त्री थापासहित ४ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेहरुमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा.मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली रहेका छन् ।