काठमाडौंको डल्लुबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ५७ हजार नगद बरामत


काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिका–१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय ईमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Skip This

Omoda E5 Pro