एमाले महाधिवेशन : अध्यक्षमा ओलीको फराकिलो अग्रता, ईश्वरको कति मत ?


काठमाडौं, ३ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनको नेतृत्वमा भएको प्रतिष्पर्धामा अध्यक्षमा केपी शर्मा ओलीको अग्रता फराकिलो बनेको छ । ओलीसँग प्रतिष्पर्धामा रहेका ईश्वर पोखरेल सुरुदेखि नै पछि परेका हुन् ।

विद्युतीय मतदान भएकोले मतगणन द्रुत गतिमा भएको छ । सचिवका उम्मेद्वारसमेत रहेको एमाले नेता महेश बस्नेतले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार ओलीले ४ सय ८९ मत ल्याएका छ्न । पोखरेलले भने १७७ मत ल्याएका छन्।