रवि र छविको मुद्दामा सुनुवाई सकियो


काठमाडौं, ३ पुष । रास्वपाका सभापति रवि लामिछानेको मुद्दाको सुनुवाई सम्पन्न भएको छ । लामछिानेसँगै छविलाल जोशीले थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदनमाथि उच्च अदालत, बुटवलमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलाशमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो । लामिछाने र जोशीले बिगोबापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।