म कर्णालीको विकासको लागि यहाँको जनताको साथमा रहनेछु : ऋषि धमला (भिडिओसहित)


काठमाडौं, ६ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले कर्णालीको विकासको लागि आफू सधैं सक्रिय हुने र यहाँको जनताको साथमा उभिने बताएका छन् । उनले कर्णालीको आर्थिक क्रान्तिको लागि आफ्नो तर्फबाट प्रभावकारी भूमिका रहने पनि विश्वास दिलाए ।

उनले कर्णालीमा कृषि क्रान्तिको सम्भावना रहेको भन्दै यहाँको मुहार फेर्नको लागि अब सबै कम्मर कस्सेर लाग्नुपर्ने धारणा राखे । उनले देश र जनताको पक्षमा काम गर्न आफू सक्रिय हुने बताए । धमलाले देश यतिवेला संकटमा रहेको सुनाउँदै सबै मिलेर यो संकटको समाधान गर्नुपर्ने बताए । उनले आफू जेनजी आन्दोलनमा पनि सरिक भएको स्मरण गराए ।

उनले देशका भ्रष्टाचारीलाई अब कारबाही गर्नुपर्ने माग गरे । दलका नेताहरु सच्चिनुपर्ने र उनीहरुको सोच सकारात्मक हुनुपर्ने उनको सुझाव छ । उनले नेपाल जनताले नै बनाउने विश्वास दिलाए । देशको जिम्मेवार भूमिकामा रहेकाहरुलाई गफ मात्रै नगर्न र काम गरेर देखाउन धमलाको सुझाव छ ।