काठमाडौं, १० पुष । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह संसदीय राजनीतिमा हाम फाल्ने तयारीमा जुटेका छन् । शाहले हिजो विहानैदेखि यसबारेमा सक्रियता बढाएका हुन् । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको सूचि निर्वाचन आयोगमा बुझाउने दिन नजिकिएसँगै बालेनले सक्रियता बढाएका हुन् ।
शाहले हिजोमात्रै विभिन्न क्षेत्रमा ख्याँति कमाएका व्यक्तित्वहरुसँग भेट गरेका थिए । उनले नाउपा नेपालका रेशम चौधरी, कांग्रेसका चन्दकान्त भण्डारीदेखि वरिष्ठ मुटुरोगविशेषज्ञ डा. भगवान कोइराला, सञ्चार उद्यमी तथा पत्रकार ऋषि धमलालगायतसँग छलफल गरेका थिए । आज उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँगपनि चुनावकेन्द्रित छलफल गरेका छन् । दुवै नेतानिकट विश्वस्त स्रोतकाअनुसार चुनावमा मिलेर जाने विषयमा सहमति भएको छ ।
विश्वस्तस्रोतकाअनुसार कुलमानपनि अब बालेनकै निर्देशनमा आयोगमा दर्ता भएको देश विकास पार्टीबाट सक्रिय हुन सहमत भएका छन् । बालेनले अहिले केहीबेरमा रविसँगपनि छलफल गर्ने तय भएको छ । रविसँग बालेनको यसअघि पनि ६ घण्टा लामो छलफल भईसकेको छ । उक्त भेटमा २१ फागनुको निर्वाचनमा बालेनलाई नै प्रधानमन्त्रीको उम्मेद्वार बनाउन रवि सहमत भएको हल्ला चलेको थियो ।
तर, भोलिपल्टै रविले त्यो तहसम्म छलफल र सहमति नभएको प्रष्टीकरण दिएपछि बालेनले रास्वपाबाहेकसँग सहकार्य गर्नेगरि छलफललाई तिव्रता दिएका छन् । तर, बालेननिकट नेताहरुले रविसँग पनि आज निर्णायक छलफल गर्न सुझाएपछि उनले अहिले केहीबेरमा रविसँग पनि भेट्ने भएका हुन् । त्यसपछि हामी नेपालीका संयोजक सुदन गुरुङसँग पनि भेटवार्ता गर्ने भएका छन् ।




प्रतिक्रिया