काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङबीच एउटै पार्टी निर्माण गरेर अगाडि बढ्ने सहमती भएको छ ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस, केपी ओली नेतृत्वको नेकपा (एमाले), पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीलगायतका दलहरुलाई विस्थापित गर्नेगरी नयाँ शक्ति निर्माण गर्ने छलफलको अन्तिम चरणमा बालेन, कुलमान र रवि पुगेको बताइएको छ ।
स्रोतका अनुसार बालेन, रवि र कुलमानबीच भोलिसम्ममा सहमति हुने सम्भावना बलियो रहेको छ । तीन चर्चित पात्र रवि, कुलमान र बालेन एउटै पार्टीमा हुने र छलफल अन्तिम चरणमा पुगेको बताइएको छ । उनीहरु बीच बाहिर मिडियामा आएजस्तो कुनै पदको लागि बार्गेनिङ नभएको पनि स्रोतले बतायो ।
अब एकता प्रक्रिया कुनै हालतमा पनि नरोकिने र भोलि औपचारिक घोषणा गरेर सहयात्रा सुरु गरिने बताइएको छ । रवि, बालेन र कुलमान मिलेर बन्ने दलको प्रमुख रवि लामिछाने रहने विषयमा सहमति भएको छ । एकता पछिको चुनाव चिन्ह पनि घण्टी नै हुने बताइएको छ ।




प्रतिक्रिया