जसपा नेपालको प्रदेशस्तरीय विरोध आजदेखि


काठमाडौं, पुस १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ। संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्ननिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको हो । प्रदेशस्तरीय विरोध सभाका कार्यक्रमअन्तर्गत आज विराटनगरमा पार्टीले विरोध सभा गर्न लागेको छ।

पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो। विरोध सभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ।