रवि-बालेन सहमतिपछि सञ्चारमन्त्री खरेल उत्साहित, भने-नयाँ दिन नयाँ सुरुवात


काठमाडौं, पुस १३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सात बुँदे सम्झौतापछि ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

अन्तरिम चुनावी सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै सुन्दर र समुन्नत नेपालको सपना साकार पार्न गन्तव्य तय हुन लागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना! गन्तव्य तय हुँदैछ‘।’