अशोक राई नेतृत्वकाे जसपा विभाजन भयो, बहुमत केन्द्रीय सदस्यहरू उपेन्द्र नेतृत्वको जसपा नेपालमा समाहित


काठमाडौं, १४ पुस । जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी नेपालसँगको एकीकरण प्रक्रियामा समाहित भएका छन् । जसपाकी सह अध्यक्ष यादल र र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्झौतामा हस्ताक्षर भएको छ ।

‘जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरुसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरियो,’– सम्झौता पत्रमा भनिएको छ ।