काठमाडौं, १४ पुस । नेपाल सरकारका पूर्व सचिव एवं अभियन्ता भीम उपाध्यायले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको चुनाव जितेको खण्डमा बालेनन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अरु दलहरु पनि बालेन प्रधानमन्त्री हुने शर्तमा समावेश हुने दाबी गरे ।
‘बालेन प्रधानमन्त्री । हारे भनेमात्रै फरक पर्यो । जिते भने बालेन प्रधानमन्त्री हो । नयाँ गठबन्धनले सरकार बनाउने भयो भनेदेखि बालेन प्रधानमन्त्रीको शर्तमा अरु दल पनि समावेश हुने हो । यो स्थिति आइरहेको छ,’– उनले भने ।
उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुँदा नयाँ दललाई फाइदा रहेको पनि बताए । नयाँ दलले समानुपातिकतर्फको ८० प्रतिशत भोट कब्जा गर्ने पनि उनको दाबी छ ।




प्रतिक्रिया