एमाले महासचिवको प्रश्नः गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित?


काठमाडौं, पुस १५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति बनेको भन्दै प्रश्न उठाएका छन् । महासचिव पोखरेलले गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै आपत्ति जनाएक हुन् ।

सामाजिक संजालमार्फत पोखरेलले भनेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु—कति उचित हो ?’

सोमबार ऊर्जामन्त्री रास्वपा र उज्यालो नेपाल पार्टीले एकता गर्ने सहमति गरेका छन् । सहमतिअनुसार मन्त्री घिसिङ रास्वपाको उपसभापति बनेका हुन् ।