काठमाडौं, १९ पुष । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि आक्रमणको निन्दा गरेका छन् । उनले भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपति निकोलस मादुरोको अपहरण संयुक्त राष्ट्रसंघले स्थापित गरेको अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन भएको उल्लेख गरेका छन् ।
बाबुरामले फेशबुकमा लेखेका छन्–‘संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन हो। यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो ुजसको लाठी उसको भैंसीु प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ।




प्रतिक्रिया