काठमाडौं, २० पुष । डा. बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षणमा खोलिएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सुदन किरातीको नाम प्रतिनिधिसभा निर्वाचनमा भोजपुर र सुनसरी–१ बाट सिफारिश भएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिश गर्ने क्रम बढ्दो छ । ०७९ मा सुदनले भोजपुरबाट निर्वाचन जितेका थिए । उनी तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
अहिले उनले माओवादी केन्द्र छोडेका छन् । तर, यसपटक उनको नाम दुई ठाउँबाट सिफारिश भएको छ । कतिपयले यसपटकउनी भोजपुरबाट निर्वाचन नलड्ने भनिरहेको बेलामा उनको नाम सुनसरी–१ बाट सिफारिश भएको छ ।




प्रतिक्रिया