काठमाडौं, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ जना नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।
भर्खरै विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनालाई केन्द्रीय समितिमा मनोनित गरिएको हो ।
अहिले रास्वपाको केन्द्रीय समिति बैठक जारी छ । यसअघि सचिवालय बैठक बसेको थियो ।




प्रतिक्रिया