रास्वपाद्वारा प्रतिनिधिसभाको उम्मेदवार छनोटको लागि वाग्लेको नेतृत्वमा सिफारिश उपसमिति गठन


काठमाडौं, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचनकेन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ । उक्त उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिईएको छ । उपसमितिको सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्ने भनिएको छ

यस्तै, पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति पनि गठन गर्ने निर्णय भएको छ । उक्त उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।