काठमाडौं, २० पुष । नेकपा (एमाले) ले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि दोलखाबाट पूर्वमन्त्री पार्वत गुरुङको एकल नाम सिफारिश गरेको छ । यसअघि ०७९ को निर्वाचनमा बालकृष्ण शिवाकोटीले टिकट पाएका थिए ।
०७९ को निर्वाचनमा तत्कालिन नेकपा (माओवादी केन्द्र) का गंगा कार्की ‘विश्व’ निर्वाचित भएका थिए । एमालेले आसन्न निर्वाचनमा पार्वत गुरुङको एकल नाम सिफारिश गरेपछि बालकृष्ण शिवाकोटीले भने आपत्ति जनाएका छन् ।




प्रतिक्रिया