रास्वपाले चार पदाधिकारी थप्यो, अब महामन्त्री २ जना


काठमाडौं, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीमा चार जना थप्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले उपसभापति एक जना, महामन्त्री एक जना, सहमहामन्त्री एक र सहप्रवक्ता एक गरी पदाधिकारीमा चार जना थप गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकबाट पार्टी एकीकरण र विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुनेगरि पदाधिकारी संख्या थप गर्ने निर्णय भएको भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।