काठमाडौं, २० पुष । जेनजी अभियन्ता राजेन्द्र सुवेदीले वर्तमान सरकारका तीन जना मन्त्रीहरु कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ताको राजीनामा मागेका छन् । उनले अहिलेको सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकार भएकोले यी तीन जना मन्त्रीहरु रास्वपामा औपचारिक तथा अनौपचारिक रुपमा आवद्ध भइसकेकोले एक साताभित्र राजीनामा दिन माग गरेका हुन् । कुलमानले रास्वपासँग सहमति गर्नुअघि आफ्नै अगुवाईमा उज्यालो नेपाल पार्टी खोलेका थिए । उनी २१ फागुनको निर्वाचनलाई ध्यानमा राखेर रवि लामिछाने नेतृत्वको रास्वपामा आवद्ध भएका छन् । उनलाई पहिलो वरियताको उपसभापति दिने सहमति बनेको छ । आजमात्रै बालेन शाहलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ । मन्त्रीहरु जगदीश खरेल र बब्लु गुप्तापनि रास्वपामा आवद्ध हुन लागेको जेनजी अभियन्ता सुवेदीको भनाई छ । उनले गैरदलीय सरकारमा बसेकाहरुले दलमा आवद्धता खुलाएको र कोही खुलाउने क्रममा रहेको भन्दै तत्काल राजीनामा दिन माग गरेका हुन् ।




प्रतिक्रिया